रौतहटमा आलम आतंकः न्यायाधीश र सरकारी वकिल पनि डराए


 



काठमाडौं, कात्तिक ३०
मोहम्मद आफ्ताव आलमको आतंकका कारण जिल्लाका न्यायाधीश र सरकारी वकिलले जिल्ला छोडेका छन् । आलमको आतंकका कारण जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छोडेका हुन् । नयाँ पत्रिकामा खबर छ ।

आलमलाई पूर्वपक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता फणीन्द्रराज कटवालले न्यायपरिषदसंग सरुवा मागेका थिए । यस्तै, आदेश लगत्तै शुक्रबार साँझ नै उनीहरुले जिल्ला छोडका छन् ।

अदालतमा बहस चलिरहेका बेला गत मंगलबार दिउँसो रौतहटको मठियारीमा प्रहरी चौकीमा बम प्रहार भएको थियो भने राज्य संयन्त्रलाई नै आतंकित बनाउने योजनाका साथ आलमले नै बम हान्न लगाएको प्रारम्भीक विश्लेषण गरिएको छ ।

सोही कारण आलमलाई नै रौतहटमा राख्न जोखिम भएकाले नख्खु कारागारमा राखिएको छ । त्यस्तै, आलम जेल चलान भएपछि जिउँदै भट्टामा जलाइएका पिन्टुका बुा श्रीनारायण राजपुतले बल्ल न्यायको अनुभूति भएकाले अब छोराको काजकिरिया गरिने बताएका छन् ।

प्रकाशित मिति: ३० कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्