नेपालमा बालयौन दुराचारीको विगविगी


 



काठमाडौं, कात्तिक ३०
नेपालको कमजोर कानून र न्यायिक प्रणालीको फाइदा उठाउँदै नेपालमा पश्चिम मुलुकका बालयौन दुराचारीको विगविगी बढेको छ ।

जथाभावी खोलेका बालगृहलगायतबाट फाइदा उठाउँदै बालयौन दुराचारीको दृष्टि नेपालतिर परेको छ । कान्तिपुरमा खबर छ ।  पछिल्ला दुई–तीन वर्षमा पक्राउ परेका बालदुराचारीहरुमाथि अनुसन्धान गर्दा नेपालमा पश्चिमा देशका बालयौन दुराचारीको बिगबिगी बढेको देखिएको हो ।

२०७५ सालमा मात्रै बालयौन दुराचारको आरोपमा एक नेपालीसहित ६ जना पक्राउ परे । जसमा फ्रान्सका तीन, नेदरल्याण्ड, भारत, अमेरिकाका एक÷एक जना थिए । त्यसैगरि २०७५/७६ सम्म दुई वर्षमा नेपालमा १२ जना विदेशी र उनीहरुका दुई सहयोगी बालयौन दुराचारको आरोपमा पक्राउ परेका थिए । उनीहरुबाट ३३ जना बालबालिका पीडित बने ।

प्रकाशित मिति: ३० कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्