शक्तिशाली भूकम्प, शहरको आधा भाग ध्वस्त


 


 काठमाडौं ,भदौ ८

मध्य इटलीमा शक्तिशाली भूकम्प गएको छ । ६ जनाको मुत्यु भएको छ भने धेरै मानिस भग्नावशेषमा परेको अधिकारीहरुले बताएका छन् । दक्षिण पश्चिमस्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

भूकम्पका कारण मध्य इटलीमा घरहरु भत्किएका छन् । अमाटि्रसे शहरका मेयरले इटालियन रेडियोलाई बताए अनुसार शहरको आधा भाग भत्किएको छ । रोममा भने भवनहरु २० सेेकेन्डसम्म हल्लिएको थियो ।

प्रकाशित मिति: ८ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्