प्रधानमन्त्री ओलीले रोजे मृगौला प्रत्यारोपण, दान दिन चाहने धेरै


 


काठमाडौ, मंसिर १
प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका छन् । उपचारमा संलग्न चिकित्सकहरुले नियमित डायलासिस वा पुनः प्रत्यारोपण रोज्न चिकित्सकले प्रधानमन्त्रीलाई विकल्प दिएका थिए । नयाँ पत्रिकामा खबर छ ।

चिकित्सकले विकल्प दिएपछि प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका हुन् । तर, प्रत्यारोपण नेपाल वा विदेशमा भन्ने टुंगो लागेको छैन । चिकित्सकहरुले पनि डायलासिस भन्दा पनि प्रत्यारोपण गर्न सुझाव दिएका थिए ।

प्रत्यारोपण कहिले गर्ने र कहाँ गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री र उनका परिवारले कहाँ गर्दा सफल भन्छ भनेर जिज्ञासा राखेका छन् ।

परिवारको जिज्ञासामा चिकित्सकहरुले शतप्रतिशत भन्न नसकिने तर, विदेश र नेपालमा भिन्नता नहुने स्पष्ट पारेका छन । प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई मृगौला दान गर्न चाहने भने धेरै रहेको बताइएको छ ।

तर, कानूनले परिवारजनबाट मात्रै मृगौला लिन मिल्ने निश्चित गरेको छ । परिवारबाट मात्रै मृगौला लिन ओलीलाई असजिलो भने छैन । मृगौला लिन सक्ने आफन्तको दायरा फराकिलो बनाइएको छ ।

प्रकाशित मिति: १ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्