समाजबादीमा उपेन्द्र यादव हावी, सीप नचलेपछि बाबुराम भट्टराई निरिह


 



काठमाडौं, मंसिर १
समाजबादी पार्टी नेपालमा उपेन्द्र यादव हाबी भएका छन् । केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका उपेन्द्र तत्काल सरकारबाट नबहिरिने भएका छन् ।

तीन दिनदेखि जारी पार्टी केन्द्रीय समितिको बैठकले तत्काल सरकारबाट नबाहिरिने पक्षमा रहेका उपेन्द्र यादवको निर्णय नै बैठकले पास गरेको छ । नागरिकमा खबर छ ।

पार्टीका राष्ट्रिय परिषद अध्यक्ष बाबुराम भट्टराईको अडान तत्काल सरकारबाट बाहिरिनुपर्ने भएपनि उनी आफ्नो अडानमा टिक्न सकेनन् । पूर्वप्रधानमन्त्री समेत रहेको भट्टराईले पार्टी अध्यक्ष यादवलाई राजीनामा दिएर आउन सुझाव दिदैआएका थिए । तर, यादवका अगाडि उनको केही सीप चलेन ।

प्रकाशित मिति: १ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्