जिम्मेवारी हस्तान्तरण गर्दै प्रधानमन्त्री, चल्यो छलफल


 



काठमाडौं, मंसिर १
मृगौला प्रत्यारोप गर्नुपर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरेका छन् । मृगौला प्रत्यारोपणबारे चिकित्सकसंग परामर्श भइरहँदा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल अगाडि बढाइएको हो । नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण गरिसकेपछि कम्तीमा तीनदेखि पाँच महिना आराममा बस्नुपर्ने भएपछि जिम्मेवारी हस्तान्तरणको विषयमा पनि छलफल सुरु गरिएको हो ।

जिम्मेवारीका विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने ओलीको तयारी छ । ओली बाहिर हुँदा मन्त्री पोखरेलले नै कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

बामदेव गौतमलाई उपाध्यक्षका लागि प्रस्ताव गर्नुभएका ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसंगको दूरी पनि घटाइसकेका छन् । त्यस्तै, पार्टीतर्फ नेकपाका अध्यक्ष अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने ओलीको तयारी रहेको समाचार छ ।

 

प्रकाशित मिति: १ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्