निजामती कर्मचारीको दोहोरो सुविधा कटौती


 



काठमाडौं, मंसिर १
सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने कानूनी व्यवस्था गरिने भएको छ ।

सरकारी कोषबाट तलव पाउने गरि पुनः लाभको पदमा नियुक्ति भए त्यस्ता कर्मचारीको पेन्सन सुविधा कटौती हुनेछ । कान्तिपुरमा खबर छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामती कर्मचारी सेवाको गठन र सञ्चालन सम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरुले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाइने प्रावधानमा सहमति गरिएका छ ।

मन्त्रिपरिषदले पनि सेवा निवृत्त कर्मचारीलाई दोहोरो सुविधा नदिने निर्णय गरेको छ । तर, यो पूर्णरुपमा पालना भने भएको छैन ।

प्रकाशित मिति: १ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्