एसएसबीले देखाउँदै हेपाहा प्रवृत्ति, नेपाली भूमिमै फोटो खिच्न रोक्यो


 



काठमाडौं, मंसिर २
भारतीय सीमा बल (एसएसबी)ले सीमा क्षेत्रमा रहेको सन्दकपुरको भु–प्वाइन्छमा जान र फोटो खिच्न रोक लगाएको छ ।

तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने तीन हजार ६ सय ३६ मिटर उचाईको सन्दकपुरको भ्यु–प्वाइन्टमा जान एसएसबीले निषेध गरेको हो । नागरिकमा खबर छ ।

एसएसबीले सन्दकपुरको चुचुरोमा जान र तस्बीर खिच्न निषधे गरेको सूचना बोर्ड नै राखेको छ । यसअघि पनि निर्वाध रुपमा त्यहाँ जान पाइन्थ्यो । तर, अहिले तस्कीर खिच्न नदिने मात्र नभई खिचिसकेका तस्बीरहरु डिलित गर्न लगाउनेसमेत गरिएको पर्यटकको गुनासो छ ।

पूर्वाधारविहीन यो चुचुरोमा भ्यु–टावर बनाउने सन्दकपुर गाउँपालिकाको प्रयास असफल पारेपछि एसएसबीले त्यहाँ प्रवेशमा कडाई गरेको हो । सन्दकपुर जिल्लाकै सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य हो । सर्वोच्च शिखर सगरमाथा नेपाल र भारत र भुटानका हिमाल त्यहाँबाट अवलोकन गर्न सकिन्छ ।

वर्षेनि आउने हजारौं पर्यटकले यो स्थानबाट सूर्योदय, सर्यास्तलगायत दर्जनौं हिमश्रंखला अवलोकन गर्नेगर्छन् । तर, एसएसबीको धम्कीपछि पर्यटकहरु त्यहाँ जान डराउँछन् । सन्कपुर चुचुरोभन्दा करिब डेढ सय मिटर तल बेसक्याम्प नै बनाएर बसेको एसएसबीले पर्यटकले तस्बीर खिचेको देखे हप्कीदप्की गर्दै आएको छ ।

ईलाम नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठले त्यहाँ पुगेका पर्यटकलाई फोटो खिच्न नदिनु हेपाहा प्रवृत्ति भएको बताए ।

प्रकाशित मिति: २ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्