मेडिकल कलेजमाथिको लगानी शंकास्पद, कागजात नियन्त्रणमा


 



काठमाडौं, मंसिर ३
मेडिकल कलेजमा गरिएको लगानी शंकास्पद देखिएको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले केही समयअघि निजी मेडिकल कलेजमा छापा मारेको थियो । त्यसक्रममा मेडिकल कलेज गरिएको लगानीमाथि नै शंका उत्पन्न भएको हो । नागरिक दैनिकमा खबर छ ।

निजी मेडिकल कलेजमाथि विद्यार्थीसंग तोकिएभन्दा बढी शुल्क लिएरु ठगी गरेको आरोप लागेपछि छापा मारिएको थियो । उक्त केन्द्रलगायत अन्य निकायले निजी मेडिकल कलेजहरुले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी भएको ठहरसहितको प्रतिवेदन तयार पारेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही मेडिकल कलेजमाथि छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

उक्त विभागले ती कलेजमा भएको लगानी नै शंकास्पद देखिएको बताएको छ । विभागका एक अनुसन्धान अधिकृतकाअनुसार नेपालमा सञ्चालनमा रहेको मेडिकल कलेजहरुमा आधाजसो मेडिकल कलेजहरुमा रहेको लगानी (प्रमोटर सेयर) को स्रोत नै शंकास्पद छ ।

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्