जेलबाटै कांग्रेस नेतालाई आलमको पत्र : लेखे– ‘मेरे साथ गलत किया, उसका भी बुरा होगा’


 



काठमाडौं, मंसिर ३
रौटहट काण्डमा कर्तज्य ज्यान मुद्दामा पुर्पक्षका लागि जेलमा रहेको पूर्वमन्त्री तथा काँग्रेस सांसद मोहम्मद आफताव आलमले काँग्रेस नेता रामचन्द्र गिरीलाई पत्र लेखेका छन् । उनले गिरीलाई जेलबाट स्थानान्तरणका लागि पत्र लेखेका हुन् । कान्तिपुरमा खबर छ ।

साथै उनले मागपत्रमा रौतहटका प्रहरीप्रति पनि टिप्पणी गरेका छन् । उनले प्रहरीप्रति टिप्पणी गर्दै लेखेका छन्, ‘वो एसपी (भुपेन्द्र खत्री रौतहट) ने मेरे साथ गलत किया, उसका भी बुरा होगा ।’ अदालतले पुर्पक्षका लागि जेल चेलान गरेपछि अदालतकै आदेशका आलमलाई नख्खु जेलमा ल्याइएको थियो ।

उद्यपि, उनले रौतहटमै बस्न चाहेका थिए । प्रहरीले रौतहटबाट काठमाडौं ल्याउन खोजेपछि प्रहरीसंग भनाभनसमेत भएको थियो । त्यसक्रममा भएको भनाभनको भिडियो पनि सार्वजनिक भएको छ । अहिले पनि प्रहरीले कारागारमा आलमलाई भेट्न आउने मानिसमाथि विशेष निगरानी राखिरहेको उल्लेख छ ।

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्