श्रीलंकाली राष्ट्रपति राजापाक्षेले देखाए नेपाल आउने इच्छा


 


काठमाडौं, मंसिर ४
श्रीलंकाका नवनिर्वाचत राष्ट्रपति गोटाबय राजापाक्षेले नेपाल भ्रमण गर्ने इच्छा देखाएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि राजापाक्षे नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसंग छिट्टै भेट हुने बताएका छन् ।

राजापक्षेलाई राष्ट्रपतिमा विजयी भएपछि प्रधानमन्त्री ओलीले ट्वीटमार्फत बधाई दिएका थिए । त्यसको जवाफमा राजापाक्षेले प्रधानमन्त्री ओलीलाई आफू तपाईलाई भेट्ने अवसरको प्रतिक्षामा रहेको बताएका थिए ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीसंग श्रीलंकनको मनमस्थिष्क जोडिएकाले छिट्टै प्रधानमन्त्री ओलीसंग भेटने उनको भनाई छ । साथै उनले निस्कृय अवस्थामा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशिल बनाउनेमा जोड दिएका छन् ।

गत शनिबार सम्पन्न निर्वाचनमा राजापाक्षेृ प्रतिद्वन्द्वी सुजिथ प्रेमदासालाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी प्रतिद्वन्द्वी भन्दा करिब १३ लाख मतान्तरले विजयी भएका थिए । आगामी पाँच वर्षका लागि निर्वाचित भएका राजापाक्षे पूर्वराष्ट्रति महिन्दा राजापाक्षेका भाई हुन् । समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्