मुआब्जा माग्दै डा. बाबुराम भट्टराई धर्नामा, राखे यस्तो माग


 



गोरखा, मंसिर ५
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बुढीगण्डकी जलविद्युत आयोजनाबाट विस्थापित हुने बजार क्षेत्रका बासिन्दालाई मुुआब्जा दिनुपर्ने माग गर्दै धर्नामा बसेका छन् । मुआब्जा माग्दै धर्ना बसेका स्थानीयको मासंग ऐक्यबद्धता जनाउँदै भट्टराई पनि धर्नामा बसेका हुन् ।

गोरखा र धादिङबाट विस्थापित हुने बजारहरु आरखेत, आरुघाट, खहरेलगायत बजार क्षेत्रको मुआब्जा निर्धारण हुनुपर्ने माग राख्दै स्थानीयले विहीबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । धर्नामा बस्दै डा. भट्टराईले ट्वीटमार्फत यो महत्वपूर्ण आयोजनामा देखिएका समस्या हल गर्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाई अन्य गर्न र तुरुन्त उचित मुआब्जा वितरणगर्न दवाव दिन गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि जनप्रतिनिधि र सरोकारवालाहरुको धर्ना । यो महत्वपूर्ण राष्ट्रिय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरुन्त ध्यान पुगोस् ।’

प्रकाशित मिति: ५ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्