प्रधानमन्त्रीकै जिल्लामा भारतको दादागिरी



काठमाडौं, मंसिर ६
भारती सीमा सुरक्षा बल एसएसबीले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा पनि दशगजा मिचेर नेपाली भूमि अतिक्रमण गरेको छ । दशगजा मिचेर सीमास्तम्भव समेतपछि अहिले नेपाली नागरिकको धनी पूर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ ।
जिल्लाको गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर २ पिण्डालघुटुका बान्दिाको पचासौं विभाग नेपाली जमि भारतीयको कब्जामा रहेको हो । यहाँका कष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी, कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनावा राजवंशीलगायतको जग्गा भारतीयको कब्जामा छ ।

उनीहरुले हरेक वर्ष जग्गामा मालपोत तिरिरहेका भएपनि जग्गा उपभोग गर्न पाएका छैनन् । यहाँका सीमा स्तम्भ विश्वास नै नलाग्ने ठाउँमा गाडिएका छन् । नेपालीको घरको आगनमासमेत सीमा स्तम्भ गाडिएका छन् । भारतको एसएसबी हरेक महिनाको तीन पटकसम्म सीमाको अवस्था बुझ्न आउँछन् । तर, नेपालीतर्फबाट कोही पनि आउँदैनन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News