प्रदूषणको गम्भीर असर : उपत्यकामा मात्रै जान्छ १० हजारको ज्यान




काठमाडौं, मंसिर ७
बढ्दो वायु प्रदूषणका कारण गम्भीर असर पर्दै गइरहेको छ । वायु प्रद्षणले वर्षेनि सैयौं मानिसहरुको ज्यान गइरहेको छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार प्रदूषणका कारण काठमाडौंमा मात्रै वार्षिक १० हजार मानिसको ज्यान गइरहेको तथ्य सार्वजनिक भएको छ । नागरिकमा खबर छ ।

उपत्यकामा जाडोयामको सदावहार विशेषता नै बढ्दो वायु प्रदुषण हो । यो समयमा जसरी तापक्रम घट्दै छ त्यसैगरी त्यसको ठीक उल्टो धुवाँ र धुलाले प्रदुषण मापनको आँकढा बढाउँदै छ ।

राजधानीमा उपत्यकामा विगत दुई वर्षदेख विभिन्न स्थानमा जडान गरिएका सातवटा प्रदूषण मापन स्टेशनले हावाको गुणस्तरको सूचकांक अर्थात एयरक्वालीटी इन्डेक्स मापन गर्दै आएका छन् ।

यस साताको तथ्यांकले उपत्यकाको वायु प्रदूषणको स्तर अस्वस्थकर रहेको देखाएको छ । सन् २०१९ मा प्रकाशित ग्लोबल एयर रिपोर्टले विश्वको कुल मृत्युदरमा वायु प्रदूषण पाँचौं कारण हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News