बर्खास्तीमा परेका मन्त्रीले बहिस्कार गरे प्रधानमन्त्रीको रात्रिभोज, दिए यस्तो प्रतिक्रिया




काठमाडौं, मंसिर ९
बर्खास्तीमा परेका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रिभोज बहिस्कार गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा रात्रिभोज आयोजना गरेका थिए । कान्तिपुरमा खबर छ ।

प्रधानमन्त्री ओलीले बखास्तीमा परेका बहालवाला मन्त्रीलाई भोजमा निमन्त्रणा गरिएको थियो । तर, बर्खास्तीमा परेका महासेठबाहेक अन्य मन्त्री रात्रिभोजमा उपस्थित भएनन् ।

यस विषयमा बर्खास्त मन्त्री थममाया थापाले रात्रिभोजमा निम्तो आएपनि आफू सामान मिलाउनमै व्यस्त रहेकाले सहभागि हुन नपाएको बताइन् । पूर्वमन्त्री लालबाबु पण्डितले पनि आफू व्यस्त रहेको प्रतिक्रिया दिए ।

थापा र पण्डित मात्र नभई महासेठबाहेक बर्खास्तीमा परेका मन्त्री अनुपस्थित भए । तिनै मन्त्रीमध्ये एक मन्त्रीले आत्मसम्मानका लागि राजनीति गर्नेहरुलाई बोलाएर खान बोलाएर फकाउन खोज्नुको अर्थ नहुने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News