सशस्त्र प्रहरीका डिआईजी सुटुक्क भारतीय दुताबास, गृहमन्त्रालयद्वारा छानविन




काठमाडौं, मंसिर ९
सशस्त्र प्रहरीका डिआईजी प्रवीण श्रेष्ठ कुटनीतिक आचारसंहिताविपरित सुटुक्क भारतीय दूताबास गएका छन् ।

उनी यही मंसिर ६ गते दिउँसो पौने ३ बजे बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर सुटुक्क भारतीय दूताबास गएको खुलासा भएको हो । नयाँ पत्रिकामा खबर छ ।

डीआईजी श्रेष्ठ भारतीय दूताबासबाट ४ बजेमात्रै निस्किएको समाचार छ । यस विषयमा गृहमन्त्रालयले श्रेष्ठमाथि छानविन सुरु गरेको छ । यस विषयमा उच्च अधिकारीहरुबीच छलफल भएको सचिव प्रेमकुमार राईले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News