बेपत्ता आयोगले छानबिनबिनै तयार पार्यो बेपत्ता व्यक्तिको अनुमानित वितवरण




काठमाडौं, मंसिर ९
बेपत्ता तथा छानबिन आयोगले छानबिन बिना नै द्वन्द्वकालमा बेपत्ता भएका चारय १५ जनाको छानबिन बिना नै अनुमानित बिवरण तयार पारेको खुलासा भएको छ ।

आयोगले बनाएको अनुमानित विवरण सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी)मा पठाइएको छ । अन्नपूर्णमा खबर छ ।

आधिकारिक विज्ञले (एन्टिमाटम’ वा ‘पोष्टमार्टम’ गरेर प्रमाणित नगरी ‘मृतक’ भन्न मिल्दैन । यो फाइलमा टीआरसीले ‘क्षेत्राधिकार’ को प्रश्न उब्जाउँदै छानविन नगरे अनुसन्धान प्रक्रिया बन्द हुनेछ । त्यस्तो भए दोषीलाई कारबाही मात्रै नभई पीडितले पाउने क्षतिपूर्ति र धार्मिक संस्कामासमेत अप्ठेरा पर्नेछ ।

त्यसैले यसमा पीडित पक्षले गम्भीर आपत्ति जनाएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोजका तत्कालीन एक पदाधिकारीले चार सय १५ बेपत्ता व्यक्तिको फाइल टीआरसीको जिम्मा लगाइएको जानकारी दिए ।

बेपत्ता पारिएका व्यक्तिका परिवारले दिएका उजुरीलाई टीआरसीको जिम्मा लगाइएको हो । ती उजुरी जुन आयोगले पनि हेर्न मिल्ने खालका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News