कृषि क्षेत्रमा आमुल परिवर्तन ल्याउन यस्ता छन् घनश्यामका क्रान्तिकारी योजना !


 


काठमाडौं, मंसिर ९

नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषिमा परिवर्तन ल्याउन आफूले तयारी गरिरहेको बताएका छन् । मुलुकको अवस्थाअनुसार कृषि क्षेत्रको परिवर्तन गर्न कानून संशोधन गर्ने उनले योजना सुनाए । बीउबीजनसम्बन्धी हालका नीति र कामलाई संघीय ढाँचा अनुरुप बनाउन कानून संशोधन गर्ने उनको योजना छ ।

‘बीउबीजनसम्बन्धी हाम्रा नीति र गतिविधि संघीय ढाँचा अनुरुप बनाउनुपर्नेछ,’ प्रतिनिधिसभाको कृषि समिति बैठकमा सोमबार मन्त्री भुसालले भने, ‘आजको विज्ञान तथा प्रविधिको विकास तथा मुलुकको आवश्यकता दुवै कुरालाई ध्यानमा राखेर सरकारले संविधान अनुकूल हुने गरी आवश्यक कानुनहरु संशोधन गर्नेछ ।’

मन्त्री भुसालले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढी सहयोग आवश्यक रहेको बताए । मुलुकको आवश्यकता पूरा गर्ने गरी कृषि क्षेत्रलाई अघि बढाउन निजी क्षेत्रसँगको सहकार्यमा पनि जोड दिने उनको योजना छ ।

प्रकाशित मिति: ९ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्