सुनको मूल्य बढ्यो, कति पुग्यो आज तोलाको भाउ ?


 



काठमाडौं, मंसिर १५
नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार ६ सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढ्दा आज चाँदीको मूल्य भने स्थीर छ । आज पनि चाँदी प्रतितोला आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्