किन रोकियो अचानक प्रचण्डको चीन भ्रमण ?




काठमाडौं, मंसिर १७
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण रोकिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा प्रचण्ड नेतृत्वको टोली यही मंसिर २४ गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।

भ्रमणका लागि सबै तयारी पूरा भइसकेकापछि प्रचण्डको भ्रमण रोकिएको छ । पछिल्लो राजनीतिक र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यका कारण प्रचण्डको चीन भ्रमण रोकिएको हो । अन्नपूर्णमा खबर छ ।

प्रधानमन्त्रीलाई उपचारका लागि बाहिर लैजाने विषयमा छलफल भइरहेकाले यो अवस्थामा बाहिर नजाने निश्कर्षमा माथिल्लो तहका नेताहरु पुगको नेकपाका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News