मन्त्रीलाई दिइएको दौरा–सुरुवालबारे साग आयोजकले गर्यो बचाउ


 



काठमाडौं, मंसिर १८
दक्षिण एसियाली खेलकुद (साग) मा मन्त्रीहरुलाई दिइएको दौरा–सुरुवालबारे विवाद भएपनि खेलकुद आयोजक समितिले त्यसको बचाउ गरेको छ ।

आयोजकले मन्त्रिपरिषदले पारित गरेको कार्यविधिअनुसार र चलिआएको चलिआएको परम्पराअनुसार नै पोसाक दिएको स्ष्ष्टिकरण दिएको छ । नयाँ पत्रिमा खबर छ ।

‘साग सम्पन्न गर्न प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशन समिति गठन गरिएको, समितिमा रहेका मन्त्रीहरुलाई पनि पदाधिकारीका रुपमा पोसाक दिइएकोृ हो,’ १३ औं साग सचिवालयका प्रमुख कमल खनालले भने ।

उनले विगतमा पनि तत्कालिन युवराज धिराजसम्मलाई यसैगरि पोसाक दिने गरिएको बताए । उनले त्यो हाम्रै परम्परा भएकाले कुनै नौलो नभएको बताए ।

नीतिगत निर्णयअनुसार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दौरा–सुरुवाल र कोट लिइसकेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुला बाँस्कोटाले दौरा–सुरुवालबारे आफूलाई कुनै जानकारी नै नभएको दाबी गरेका छन् ।

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्