विशेष दूतका रुपमा नेता नेपाल भारत जाँदै


 



काठमाडौं, मंसिर १९
नेकपाका नेता माधव नेपाल विशेष दूतका रुपमा भारत जाने तयारी भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा अतिक्रमणबारे पहल गर्न भारत पठाउन लागेका हुन् । अन्नपूर्णमा खबर छ ।

तर, भारतीय पक्षबाट भने जानकारी नआएकाले टुंगो नलागेको नेता नेपालले बताए । बुधबार बसेको सचिवालय बैठकमा नेता नेपालले आफू भारत जान लागेको जानकारी गराएका थिए ।

यो विषयमा कात्तिक अन्तिम सातातिर छलफल भएको थियो । तर, त्यसपछि छलफल हुन पाएको थिएन । सरकारले सीमा अतिक्रमणबारे खासै चासो दिन नसकेको भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्