सात हजार रोपनी जग्गा व्यक्तिको नाममा, ४४ जिल्लामा जाँचबुझ


 



काठमाडौं, मंसिर १९
देशका ४४ जिल्लामा सात हजार रोपनी जग्गा व्यक्तिको नाममा पारिएको तथ्य फेला परेको छ ।

सरकारी, सार्वजनिक र गुठीका जग्गा संरक्षण सम्बन्धी छ महिनाअघि गठित आयोगले गरेको अध्ययनबाट यो प्रमाण संकलन गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

आयोगले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको भेटाएको छ । बालुवाटारस्थित लालिता निवासको जग्गा निजीकरण गरेको सार्वजनिक भएपछि सरकारले देशैभर हिनामिना भएका सरकारी जग्गाको लगत संकलन गर्न १३ जेठमा आयोग गठन गरेको थियो ।

छानविनअघि आयोगले आह्वान गर्दै सार्वजनिक सूचना निकालेको थियो । स्रोतकाअनुसार आयोगमा एक सय ७७ उजुरी परे । आयोगले त्यही उजुरीका आधारमा छानविन थालेको थियो ।

सबैभन्दा धेरै सुनसरीमो सर्दु जलाधार क्षेत्रमा ४२ विघा अर्थात पाँच सय ३२ रोपनी सरकारी जग्गा किर्ते गरेको व्यक्तिको नाममा लगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्