ल्याण्ड हुँदै गरेको जहाजसंग बँदेल ठोकियो, विमानस्थलमा सुरक्षा चुनौति


 



काठमाडौं, मंसिर १९
नेपालगञ्ज विमानस्थलमा जहाजसंग जंगली जनावर बँदेल ठोकिएको छ । काठमाडौंबाट नेपालगञ्ज ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसंग बँदेल ठोकिएको हो । नेपाल समाचारपत्रमा खबर छ ।

जहाजसंग ठोकिएको बँदले मरेको छ । जहाँजको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयर नेपालगञ्जका प्रमुख विनित शाहले बताउनुभयो ।

उनकाअनुसार मंगलबार साँझ साढे ६ बजेको समयमा बुद्ध एयरको जहाज ल्याण्ड हुनेबेला नजिकैको झाडीबाट बँदेल दौडेर रनवेतिर आएर जहाजको पछाडिको चक्का ठोकिएको थियो । नेपालगञ्ज विमानस्थलको आसपासमा झाडी बढेको छ ।

जसले गर्दा झाडीबाट बेलाबेलामा बँदेल, दुम्सी र स्याल देखिने गरेका छन् । यसले विमानस्थलमा सुरक्षा चुनौति बढेको छ । यसअघि धेरैपटक विमानस्थल ल्याण्ड गर्नेक्रममा जंगल जनावर रनवे आसपासमा देखिँदा केहीबेर जहाजलाई आकासमै उडाई सुरक्षाकर्मीले जंगली जनावरलाई लखेट्ने गरेका थिए ।

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्