कबाडी पेस्तोलले खेलाडीलाई दियो धोका, श्रेयाको आँखामा आँसु


 



ललितपुर, मंसिर २१
कबाडी हतियारकै कारण १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सुटिङकी खेलाडी श्रेया केसीले धोका खाइन् ।

१० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयालाई हतियारले धोका दिएपछि स्पर्धाबाटै बाहिरिइन् । नागरिकमा खबर छ ।

सुटिङतर्फ नेपालको प्रतिनिधित्व गर्दै खेलिरहेकी श्रेयाले ४० गोली प्रहार गर्दासम्म चौथो स्थानसम्म थिइन् । ६० गोली प्रहार गर्नुपर्ने स्पर्धामा ४६ गोलीसम्म हानिन् । तर, त्यसपछि उनको हतियार पेस्तो विग्रियो । जसका कारण फाइनलसम्म पुग्ने योजना तु्हियो ।

तर, उनले अर्का खेलाडी दिपेश खड्काको हतियार मागेर स्पर्धा पूरा गर्ने हिम्मत गरेपनि ढिलाई भइसकेको थियो । हतियारकै कारण स्पर्धाबाट बाहिरिनुपर्दा उनी छटपटाइन् । अन्य देशका खेलाडीहरु सुट गरिरहेका बेला उनको आँखामा भने आँसु आउन थाल्यो ।

प्रकाशित मिति: २१ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्