प्रधानमन्त्रीका लागि नयाँ निवास बन्दै


 



काठमाडौं, मंसिर २२
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्री निवास भत्काउन सुरु गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

भवनको टायल र भित्रका सामान धमाधम निकालिदैछ । पूराना भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्ने भएको छ । पूरानो भवन भत्काउन करिब एक महिना लाग्नेछ ।

प्रधानमन्त्री केपी ओलीलाई मुख्य सचिवको सरकारी निवासमा सारिएको छ । भवनका भग्नावशेषको फोहोर र निर्माण सामग्रीले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा असर गर्ने भएकाले उनलाई मुख्यसचिवको निवासमा सारिएको हो ।

नौ दिन अस्पतालमा उपचार गराएर प्रधानमन्त्री अहिले बालुवाटामा उपचार गर्दैै आएका छन् । मुख्य निवासमा रहँदै आएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भने सभामुख निवासमा सारिएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्