सडक दुर्घटनामा चार महिनामा मात्रै ६ सयको मृत्यु, दोब्बर गम्भीर घाइते


 


काठमाडौं, मंसिर २२
नेपालमा सडक दुर्घटनामा वर्षेनि सैयौं मानिसले ज्यान गुमाउने गरेका छन् । जीवन गुमाउने भन्दा दोब्बर संख्यामा गम्भीर घाइते हुनेहरु छन् । अन्नपूर्णमा खबर छ ।

यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ । दुर्घटनाबाट अर्थतन्त्रमा हुने क्षतिका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केही समयअघि अध्ययन गरेको थियो । अध्ययनले सडक दुर्घटनाबाट नेपालको अर्थतन्त्र (कुल गाह्रस्थ उत्पादन)मा ०.८ प्रतिशत क्षति भएको अनुमान छ ।

जुन अध्ययन २०७२ सालमा भएको थियो । त्यसयता नेपालमा सवारी दुर्घटना र मृत्यु हुनेको संख्या बढिरहेकाले कम्तीमा ०.९ प्रतिशतको हाराहारीमा अर्थतन्त्रमा क्षति भइरहेको अनुमान छ । दुर्घटना बढ्दा यस्तो क्षति बर्षेनि बढ्दै छ ।

दुर्घटनाले नेपालमा अघिल्लो आर्थिक वर्षमा ३० अर्ब भन्दा बढी क्षति पुगेको आँकलन छ । गत आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ छ ।

ट्राफिक प्रहरी निर्देशनालयअनुसार यो वर्ष साउन यता चार महिनामा देशभर पाँच हजार नौ सय ८१ सडक दुर्घटना भएका छन् । ती दुर्घटनाबाट पाँच सय ८२ जना मारिएका छन् । एक हजार ६ य ९२ जना गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्