साग खेल्न आएका १३ जना श्रीलङ्कन खेलाडीलाई डेंगु


 


काठमाडौं, मंसिर २२
१३ औं दक्षिण एसियाली (साग) खेल्न आएका १३ श्रीलङ्कन खेलाडीहरुलाई डेंगु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । नयाँ पत्रिकामा खबर छ ।

महिला फुटबलर ग्रायथी नानायक्कराको अवस्था गम्भीर भएकाले आईसीयूमा उपचार भइरहेको छ । महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथी पोखरामा थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौं, ल्याइएको थियो ।

डेंगु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथ्लेक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन् । अन्य ६ खेलाडी भने ब्लुक्रसमै उपचारपछि डिस्चार्ज भएर होटेल फर्किएका छन् ।

बिरामी हुनेमा धेरैजसो एथ्लेटिक्सका खेलाडी रहेको श्रीलंकाली टोलीका मेडिकल प्रमुख डा. लाल इकनायकेले बताए ।

प्रकाशित मिति: २२ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्