पारस शाहले चढेको मोटरसाइकल कुन हो ? यसको मूल्य कति पर्छ ?


 


काठमाडौं, मंसिर २३

केही समयअगाडि पूर्वयुवराज पारस शाहको एउटा भिडियो भाइरल बन्यो । त्यो भिडियोमा केही स्थानीयले उनलाईहामी तपाईंको कार्यकर्ता हौं, हामी राजावादी हौंभन्दै थिए।यो वादी त्यो वादी नभन्नुहोस्, हामी सबै नेपाली हौं।

वादी भनेको छुट्याउने कुरा हो।हामी सबै नेपाली हौं,’ पारसले झोक्किँदै भने। उनले त्यति भनेपछि युट्युबर सोनिका रोकाया पारसको मोटरसाइकलमा चढ्छिन् दुवैजना हुँइकिन्छन्।

यो भिडियो भाइरल बनेसँगै सोनिकासँगै पारसको मोटरसाइकल पनि चर्चामा रह्यो। कसैले यसलाई बुलेट बाइक भने, कसैले हार्लेडेभिड्सन भने। उनले चढेको यो मोटरसाइकल हार्ले डेभिड्सनको सफटेल हेरिटेज १९९५ मोडल हो।

यो बाइक हाल नेपालस्थित नेपालको शोरुममा उपलब्ध छैन। उक्त मोडलको मोटरसाइकल नेपाल ल्याइएमा ८५ देखि ९० लाखसम्म पर्नसक्ने हार्ले डेभिड्सन मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सका म्यानेजर महेश थापाले जानकारी दिए।

यो मोटरसाइकल हामीले नै सर्भिसिङ गरेका हौं । लामो समयदेखि थन्काएको मोटरसाइकल भएपनि यसमा त्यति जटिल समस्या थिएन,’ उनले भने।

प्रकाशित मिति: २२ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्