सुनचाँदीको मूल्य घट्यो


 



काठमाडौं, मंसिर २३
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७१ हजार रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ३५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्