संसदभित्रै महिला सांसदमाथि यौनहिंसा ! खुल्यो यस्तो रहस्य


 



काठमाडौं, मंसिर २४
संसदभित्रै यौनहिंसा भइरहेको महिला सांसदहरुले खुलासा गरेका छन् । गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसदभित्रै आफूहरुमाथि यौनहिंसा भएको बताएकी हुन् । कान्तिपुरमा खबर छ ।

उनले पुरुष सांसदबाट संसदभित्रै आफूहरुमाथि यौनहिंसा भइरहेको भएपनि इज्जतको डरले सहन बाध्य भइरहेको बताइन् । पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् ।

‘‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ?टाँसिइरहनुपर्छ ?,’ उनले भनिन् । पढेलेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेको उनले गुनासो गरिन् ।

अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठोक्किँदै हिँड्छन्, गफ गरेर बसेका छौँ भने जिस्किँदै रफ शब्द बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’

प्रकाशित मिति: २४ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्