कोहलपुर दुर्घटनाः आफ्नै खुट्टा गुमेकोबारे अनभिज्ञ छिन् प्रकृति


 


कोहलपुर, मंसिर २४
कोहलपुरमा आइतबार ट्रकको ठक्करबाट आफ्नो खुट्टा गुमाएकी बालिका १२ वर्षीया प्रकृति चन्द अहिले अस्पतालको बेडमा छिन् । विद्यालय हिँडेकी छात्रा अहिले अस्पताल भर्ना भएपनि आफूलाई के भइरहेको छ भन्नेमा उनी अनभिज्ञ छिन् । कान्तिपुरमा अबर छ ।

त्यो भयावह घटना नभएको भए अहिले उनी साथीहरुसंगै विद्यालय हिडिरहेकी हुन्थिन ् होला । कक्षामा सधैँ झै अनुशासित भएर पढिरेहेकी हुन्थिन् होला, प्रकृतिका काकाले भने। जब बत्तिएको ट्रकले उनलाई सोहेरेर लग्यो, त्यसयता उनी अस्पतालको बेडमा हल न चल लडिरहेकी छन्।

यो दर्दनाक घटनाले उनलाई मात्र होइन उनको सपना पनि सोहोरेर लगेको छ, खुसी खोसेको छ। साधाझैँ उनी आइतबार दुई चुल्ठी बाटेर निलो आकासे सर्ट र गाढा नीलो स्कर्टमा विद्यालय हिँडेकी थिइन् प्रकृति।

प्रकृतिको घर विद्यालयबाट करिब डेढ किलोमिटरको दूरीमा पर्छ। उनी कहिले लोकल बस त कहिले साइकल कुदाउँदै अनि कहिले बुवाको बाइकमा चढेर विद्यालय आउजाउ गर्छिन्।

बाँकेको कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा ७ कक्षामा अध्ययनरत प्रकृतिलाई आइतबार भने बुवा नगेन्द्रबहादुरले स्कुटीमा विद्यालयसम्म छोडिदिने भए।

आफैं साइकल चलाएर जाँदा पनि उनी कहिल्यै दुर्घटनामा परेकी थिइनन्। आइतबार उनको जीवनको कालो दिन बन्न पुग्यो। जब उनी स्कुटीबाट ओर्लेर विद्यालयको गेटतर्फ बढ्न मात्र के लागेकी थिइन् ट्रकले उनको खुट्टा किच्यो।

 

प्रकाशित मिति: २४ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्