फर्निचर उद्योगमा आगलागी, लाखौको क्षति


 


धनगढी, मंसिर २५
धनगढीको भन्सार रोडस्थित जोशी फर्निचर उद्योगमा मंगलबार राति आगलागी भएको छ। राति पौने २ बजेको समयमा बसन्तराज जोशीको फर्निचरमा आगलागी भएको कैलाली प्रहरीले जनाउको छ ।

उद्योगमा आगलागी हुँदा मेसिन र काठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार विद्युतको तार सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट झण्डै २५ लाख बराबरको क्षति भएको उनले बताए । आगो नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा राती साढे तीन बजे नियन्त्रणमा आएको थियो।

प्रकाशित मिति: २५ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्