सुनचाँदीको मूल्य कति छ आज ?


 



काठमाडौं, मंसिर २५
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी पनि स्थीर रहँदै प्रतितोला आठ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्