तातोपानीमा नुहाउने बिरामीको भीड, जहाँ वर्षमा २० हजारले नुहाउँछन्


 



म्याग्दी, मंसिर २५
म्याग्दीको रहेको तातोपानी कुण्डमा नुहाउने विरामी तथा बिरामीको भीड लागेको छ। पूर्वाधार निर्माणसंगै तातोपानीमा नुहाउनेको भीड बढेको हो ।

जिल्लाको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डबाट निस्कने ५० डिग्री तापक्रमको पानी संकलन गरिएको पोखरीमा उपचार गराउन कुण्ड परिसरमा बिरामीहरूको घुइँचो लागेको तातोपानी कुण्ड व्यवस्थापन समितिका कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले बताए ।

बिरेनुनको गन्धमा निस्कने तातोपानीलाई संकलन गरिएको तलाउमा स्नान गर्ने र तातोपानी पिएर ग्यास्ट्रिक, पेट, छाला, चोट पटक लागेकाजस्ता रोगको उपचार गराउन वार्षिक २० हजार अनुपातामा बिरामी कुण्डमा आउने गरेको उनी बताउँछन् ।

उनकाअनुसार यो ठाउँमा म्याग्दीका विभिन्न बस्तीका साथै मुस्ताङ, पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौंलगायत स्वदेश तथा विदेशबाट स्नान तथा उपचारको रूपमा आउने गरेका छन् ।

धेरै अस्पताल गएर उपचार सम्भव नभएपछि विगत दुई वर्षदेखि तातोपानी कुण्डमा आएको चितवानबाट आएका वृद्ध बिरामीले बताए । तातोपानीमा डुब्नाले शरीरमा सहजता उत्पन्न भएको उनले अनुभव सुनाए ।

हाल दैनिक ५ सय जनाभन्दा बढीले स्नान गरिरहेका छन् । तीन÷तीन घण्टाका दरले समय तालिका बनाएर महिला पुरुषलाई स्नान गर्ने व्यवस्था मिलाइएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको आगमनसँगै कुण्डमा बिरामी तथा अन्य सर्वसाधारणको स्नान गर्ने भीडले सिंगा तातोपानीमा रहेका होटल भरिभराउ भएका छन् ।

कुण्डबाट भएको आम्दानीले कुण्डको पूर्वाधार निर्माण, सरस्वती माविका करार शिक्षक तलबलगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

त्यस्तैे अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा पनि स्नान गर्नेको घुइँचो लागेको छ । बेनी–जोमसोम सडकअन्तर्गत कालिगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी कुण्डमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको हो ।

प्रकाशित मिति: २५ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्