सुन तोलामा चार सय रुपैयाँ बढ्यो, कति पुग्यो मूल्य ?


 



काठमाडौं, मंसिर २६
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार दुई सय रुपैयाँ बढेको छ । सुन हिजो प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्