सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्यो


 



काठमाडौं, मंसिर २९
नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ । सुन आज प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन शुक्रबार प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ४५ रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला आठ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्