खाना पकाउने ग्यासको मूल्य घट्यो


 


gyasकाठमाडौँ, भदौ १७

नेपाल आयल निगमले नजिकिँदो चाडबाडलाई ध्यानमा राखी खाना पकाउने ग्यासको मूल्य घटाएको छ । चाडबाडको अवसर पारेर प्रतिसिलिन्डर मूल्य रु ५० घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले बताए । अब उपभोक्ताले प्रतिसिलिन्डर ग्यास रु एक हजार ३२५ मा किन्न सक्नेछन् । यसअघि उपभोक्ताले प्रतिसिलिन्डर ग्यासको रु एक हजार ३७५ तिर्दै आएका थिए ।

निगमले बिहीबार रातिदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरिएको जनाएको छ । आपूर्ति मन्त्रालयले यसअघि नै ग्यासको मूल्य घटाउने योजना बनाएको थियो । खाना पकाउने ग्यासको मूल्य घटे पनि पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने प्रवक्ता खनालले जनाए । निगमलाई आजसम्म खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु १११ नाफा थियो ।

प्रकाशित मिति: १७ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्