एकै रातमा तीन महिलालाई करणी, २२ वर्षीय युवा पक्राउ



रुकुम, पुस ३
रुकुमपश्चिममा एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसीलाई प्रहरीले पक्राउ गरेको हो । अन्नपूर्णमा खबर छ ।

पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका डीएसपी सुमित खड्काले बताए । उनका अनुसार केशवले मंसिर २७ गते राति १ बजे पति घरमा नभएकी ४० वर्षीया महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए ।

सोही रात घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ । केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन् ।

उनी ढोकाको चुकुल निकालेर घरभित्र प्रवेश गरेका थिए । प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। पीडित तीनै महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News