निजगढ विमानस्थल निर्माणका लागि रुख नकाट्न सर्वोच्चको अन्तरिम आदेश


 


काठमाडौँ, पुस ७
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख कटान नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले आइतबार पूर्वसचिव द्वारिकानाथ ढुंगेल, रञ्जुहजुर पाँडे क्षेत्री, विजयकुमार सिंह दनुवार, पंकजकुमार कर्ण रवरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा रुख नकाट्न माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालेपनि अर्काेरिट दायर गरेकाले अब दुवै मुद्दा एउटै इजलासमा सुनुवाइ गर्ने निर्णय पनि प्रधानन्यायाधीश नेतृत्वको इजलाशको गरेको छ । यो खबर कान्तिपुर दैनिकमा जयसिंह जबराले लेखेका छन।

प्रकाशित मिति: ७ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्