Deshko News
१३ आश्विन २०८०, शनिबार

भारतीय कम्पनिले अरुण तेस्रो र माथिल्लो कर्णालीमा लगानी जुटाउन सकेन



एक वर्ष म्याद थप्न लगानी बोर्डसँग आग्रह

काठमाडाैं, भदाै २०

अरुण तेस्रो र माथिल्लो कर्णालीमा भारतीय कम्पनीले लगानी जुटाउन नसकेको बताईएको छ । नेपालका दुई ठूला आयोजना अरुण तेस्रो र माथिल्लो कर्णालीका प्रवर्द्धक दुई भारतीय कम्पनी जीएमआर र एसएभीएन तोकिएको समयमा लगानी जुटाउन असफल भएका छन् ।

फाइनान्सियल क्लोजर गर्न नसकेपछि उनीहरुले लगानी बोर्डमा एक वर्ष समयावधि थप गर्न प्रस्ताव पठाएको लगानी बोर्डले जनाएको छ । परियोजना विकास सम्झौता (पीडीए) अनुसार आगामी केही महिनाभित्रै दुबै कम्पनीले फाइनान्सियल क्लोजर गरिसक्नुपर्ने छ ।

फाइनान्सियल क्लोजिङ गर्न नसकेको खण्डमा सम्झौता खारेज हुने कानूनी व्यवस्था छ । माथिल्लो कर्णालीमा जीएमआरले लगानी जुटाउनुपर्ने म्याद सकिन अब १५ दिनमात्र बाँकी छ भने अरुण तेस्रोमा एसजेभीएनको आगामी पुससम्मको म्याद छ ।

करिब ७ महिनाअघि जीएमआरले र केहीदिन अघिमात्रै एसजेभीएनले एक वर्ष म्याद थप्न लगानी बोर्डलाई आग्रह गरेका छन् । भूकम्प, मधेस आन्दोलन र नेपालको राजनीतिक अस्थिरताका कारण तोकिएको समयमा वित्तीय व्यवस्थापन गर्न नसकिएको भन्दै उनीहरुले समयावधि थप गर्न माग गरेका हुन् ।

विभिन्न अन्तरराष्ट्रिय बैंक तथा वित्तीय संस्थाले माथिल्लो कर्णालीमा लगानी गर्नका लागि आवश्यक १ खर्ब ३९ अर्ब रुपैयाँमध्ये १ खर्ब १० अर्ब रुपैयाँसम्म लगानी गर्ने आशयपत्र दिएको लगानी बोर्डले जनाएको छ ।

प्रकाशित मिति: २० भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News