भीम रावलको कवितामाथि सूर्य थापाको कटाक्ष


 


काठमाडौं, पुष १५
नेकपाका स्याथी समिति नेता भीम रावलमाथि प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केद्रीय सदस्य सूर्य थापाले फेरि कटाक्ष गरेका छन् । सोमबार फेसकुबमार्फत थापाले रावलका दुई कविता सेयर गर्दै एउटाको प्रशंसा र एउटाको आलोचना गरेका हुन्।

नेता रावलले २०५६ सालमा लेखेको ‘लिम्पियाधुरा’ र केहीदिनअघि मात्रै लेखेको ‘धुँवाले छोपिँदै दियो’ शीर्षकको कविता सेयर गरी तुलना गरेका छन्।

रावलले ‘लिम्पियाधुरा’ कवितामा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा नेपालीको रगत पसिनाले सिञ्चएको जमिन रहेको भन्ने भाव दर्शाएका छन् ।

केहीदिनअघि भएको स्थायी समिति बैठकमा समेत रावलले सुनाएको ‘धुँवाले छोपिँदै दियो’ भन्ने शीर्षकमा वर्तमान नेतृत्वको कार्यशैलीप्रति व्यंग्य गरेका छन्। पहिलो कवितालाई प्रशंसा गरेका थापाले अर्को कवितामाथि कटाक्ष गरेका छन् । कवितामा अप्रत्यक्षरुपमा प्रधानमन्त्री ओली र सरकारको कार्यशैलीप्रति व्यंग्य गरिएको देखिन्छ।

‘राष्ट्रवादको बहसमा बुझेरै उत्रिनु भएको हो त ?’ थापाले लेखेका छन् ।‘ यी दुई कविताको पुरानो र नयाँ कवि तपाईं नै हो भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुवै कविता प्रस्तुतसम्म गरिएको जानकारी अनुरोध छ।, म पुरानो लिम्पियाधुरा लेख्ने कविको हिमायती हुँ। तर स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएको कविता भने तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मनिन्दा एवं भर्त्सना मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही होइन र हुन पनि सक्दैन।’

थापाले रावललाई पार्टीले तपाईका कविताबमोजिम चलिदिनुपर्ने कि कसो हो ? भन्दै प्रश्न गरेका छन् ।  थापाले भनेका छन् ‘तपाइको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापि होइन र मान्न सकिँदैन । कमसेकम आफूले टेकेको धर्ती र आफ्नो टाउकोले खामेको आकाश मात्रै थाम्न खोज्नु उचित होला कि ? विषयको संवेदनशीलता र गम्भीरता बिर्सेर फर्किने ठाउँ नै नराखी आफू अनुकूल अपव्याख्या गरेर बहकिनु उचित होइन ।
आगे कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’

थापाले अन्तिममा तपाई कै सहप्रवक्ता भनी टुंग्याएका छन् । उनले पार्टीको सहप्रवक्ता जस्तो महत्वपूर्ण जिम्मेवारीमा आफू रहेको भनी रावललाई स्मरण गराउन खोजेको देखिन्छ । यसअघि पनि स्थायी समिति बैठकपछि भीम रावलले पार्टी सञ्चारकर्मी माझ बोलेको भनी थापाले आलोचना गरेका थिए । जवाफमा भीम रावलले थापाई आफूलाई पार्टी अध्यक्ष नै भएको जस्तो भ्रममा नपर्न सुझाव दिएका थिए ।अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति: १५ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्