ज्याकी श्रोफकी छोरी प्रेमीसँग बिकिनीमा


 


एजेन्सी – ज्याकी श्रोफकी छोरी तथा टाइगर श्रोफकी दिदी कृष्णा श्रोफ आजकाल प्रेमी इबन हायम्ससँग छुट्टीमा छिन् । छुट्टीका तस्बिर कृष्णाले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । तस्बिरमा कृष्णाको रोमान्टिक अन्दाज सार्वजनिक भएको छ ।

कहिले उनी इबनलाई चुम्बन गरिरहेको फोटो सेयर गर्छिन् त कहिले अँगालो हालिरहेको देखिन्छिन् । कृष्णाले यी तस्बिर सेयर गर्दै लेखिन्, ‘मलाई सधैं हसाउँछौ, मेरो बेस्ट फ्रेन्ड र ट्वीन सोललाई पाउँदा निकै खुसी छु । ’

कृष्णाको फोटोमा भाइ टाइगरले पनि कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘बिचरा इबन’ । टाइगर श्रोफको कमेन्टमा ६६७ लाइक आएको छ भने उनको कमेन्टमा ९६ जनाले प्रतिक्रिया दिएका छन् । तीमध्ये कतिले उनीमाथि भद्दा कमेन्ट पनि गरेका छन् ।

यस्तै, अश्मित पटेल, एली अवराम, फराह खानले यी दुईलाई नयाँ वर्षको शुभकामना दिँदै कृष्णाको शरीरमा बनेको ट्याटुको पनि तारिफ गरेका छन् । इबनको कुरा गर्ने हो भने उनी कहिले इजराइल त कहिले अष्ट्रेलिया त कहिले अमेरिकामा बस्छन् । पुणेमा जन्मिएका इबन बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनीसँग अष्ट्रेलिया र इजराइलको नागरिकता छ र उनको संगीतप्रति पनि ठूलो लगाव छ ।

प्रकाशित मिति: १७ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्