Deshko News
९ आश्विन २०८०, मंगलबार

तीनवटा रूद्राक्षकाे मूल्य ४३ लाख !



संखुवासभा, भदाै २३

संखुवासभा र भोजपुरबाट यसै साता तीनवटा बहुमुल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले यो वर्ष धेरै मुख भएका महँगा दाना तीनवटा बजारमा आएको र अन्य केही गुपचुपमा खरिदबिक्री भएको जानकारी दिए ।

धुपुको ज्यामिरेमा उत्पादन भएका २१ मुखे रुद्राक्ष् व्यपारी सुजन राई, नरेन्द्र राईलगायतले १६ लाखमा खरिद गरेका हुन् ।षडानन्द नगरपालिका केउरेनीपानीमा उत्पादन भएको २१मुखे रुद्राक्ष व्यपारी नीलमणि न्यौपाने लगायतले १५ लाख ५० हजारमा खरिद गरे ।

यसैगरी यसै साता भोजपुरको फलिकोटमा उत्पादन भएको २१ मुखे रुद्राक्ष सानो आकारको भएको भन्दै १२ लाख रुपैयाँमा खरिद भएको व्यापारी चित्र श्रेष्ठले बताए । अन्नपुर्ण पाेष्टबाट

प्रकाशित मिति: २३ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News