प्रदेश ३ को राजधानी विवादः नेकपाका सांसद हेटौँडाकै पक्षमा



मकवानपुर, पुस २०
राजधानी र नामाकरणका विषयमा पार्टी सचिवालयले गरेको निर्ययअनुसार नै नेकपा प्रदेश ३ का सांसद अगाडी बढ्ने भएका छन् । हेटौंडामा जारी नेकपा प्रदेश ३ संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले पार्टी सचिवालयको निर्णयप्रति आपत्ति जनाए पनि पार्टीको निर्देशनविरुद्ध नजानेबताएका ।

नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै विशेषगरी काभ्रे, भक्तपुर र रसुवाका सांसदहरुले आपत्ति जनाएका थिए। शनिबार बसेको बैठकमा बोल्ने मकवानपुर, ललितपुर, सिन्धुली, चितवन र काठमाडौंका सांसदले पार्टी सचिवालयले गरेको निर्णयलाई स्वीकारेर अघि बढ्नुपर्ने धारणा राखे ।

‘सचिवालय बैठकको निर्णय र निर्देशन पालना नगर्नु भनेको पार्टी अध्यक्षद्वयको राजीनामा माग्‍नुसरह हो’ सांसद प्रेमबहादुर पुलामीले भने, ‘कम्युनिष्ट कार्यकर्ताले पार्टीको निर्णय र निर्देशन नमान्‍ने भन्‍ने कुरै हुँदैन ।’ यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News