कामना फिल्म अवार्डस् २०७६ सम्पन्न : क–कसले पाए अवार्ड?


 


काठमाडौँ, पुस २०
नेपाल समाचारपत्रको सह प्रकाशन कामना सिने मासिकको आयोजना तथा सिजी ईन्टरनेन्मेन्टको प्रस्तुतिमा पांचौ सस्करणको सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ शनिवार ललितपुरस्थित हेरीटेज गार्डेनमा भव्य रुपमा सम्पन्न भएको छ।

सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ मा यस वर्ष दुई अवार्ड थपिएका छन्। कामना न्युज पब्लिकेसन्स्का संस्थापक अध्यक्ष, पहिलो नेपाली फिल्म अवार्डका प्रणेता, समाजसेवी तथा लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर स्व. भरतलाल क्षेष्ठको नाममा भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा कामना न्युज पब्लिकेसन्स्का प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठको नाममा पुष्कर मिडीया अवार्ड स्थापना गरी २ व्यक्तित्वलाई प्रदान गरियो।

समाजसेवाका क्षेत्रमा योगदान पुर्याउनेलाई प्रदान गरिने भरतलाल ह्युम्यानिटेरियन अवार्ड २०७६ नगद १ लाख रुपियाँसहित पहिलोपटक पोखराका समाजसेवी लायन सोनाम साङ्पोलाई प्रदान गरिएको छ भने सञ्चार क्षेत्रमा योगदान पुर्याउनेलाई प्रदान गरिने पुष्कर मिडीया अवार्ड २०७६ नगद १ लाख रुपिया“सहित इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष तथा प्रवन्ध निर्देशक रामकृष्ण मानन्धरलाई प्रदान गरिएको छ। उहाँहरुलाई काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कीर्तिपुर महानगरपालिकाका मेयर रमेश महर्जन, कामनाका निर्देशक अनुजलाल श्रेष्ठ, प्रमेश कृष्ण श्रेष्ठ र समिप श्रेष्ठले अवार्ड प्रदान गर्नुभएको थियो।

प्रधान सम्पादक श्रेष्ठको जीवनी झल्काउने मार्मिक श्रव्यदृश्य सामग्री प्रदर्शनपश्चात यी दुई सम्मान प्रदान गरेर शुरु गरिएको कार्यक्रममा नेपाली फिल्म क्षेत्रको पर्दा अगाडी र पर्दा पछाडी रहेर योगदान पुँयाउने दुई फिल्मकर्मीलाई किर्तीमय दिर्घ योगदान सम्मान ( लाईफटाईम अचिभमेन्ट अवार्ड) समर्पण गरिएको थियो। प्रधान सम्पादक श्रेष्ठको निधनका कारण अभिनेता राजेश हमालले भावुक भएर कार्यक्रम सञ्चालन शुरु गरेको समारोहमा अभिनेता, निर्मिाता, निर्देशक तथा गीतकार नीर शाहलाई नगद १ लाख रुपिया“सहित कलातर्फको कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ तथा मेकअप आर्टिष्ट सन्तु तामाङलाई नगद १ लाख रुपियाँसहित पर्दापछाडीको कलाकारतर्फको किर्तिमय दीर्घ योगदान सम्मान २०७६ समर्पण गरीएको थियो। उहाँहरुलाई कामनाका प्रेसिडेन्ट एवं सिईओ दिरेकलाल श्रेष्ठ, सिजी ईन्टरटेन्मेन्टकी प्रवन्ध निर्देशक मेघा चौधरी, कामनाका सम्पादक विदुर गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यो अवार्ड समर्पण गर्नुभएको थियो। सम्मान प्रदान गरि“दा समारोहका सहभागीहरुले स्वस्फुर्त रुपमा उठेर सम्मान गरेका थिए।

समारोहमा प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कुल ३५ विधामा अवार्ड प्रदान गरिएको थियो भने लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो। जुरीको ९० र भोटीङको १० प्रतिशत अंक जोडी अवार्ड प्रदान गरीएको समारोहमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रसादले चुमेको छ। १० विधाको मनोनयमा परेको प्रसादले अवार्डका मूख्य विधाहरु सर्वोत्कृष्ट चलचित्रसहित निर्देशक, अभिनेता, अभिनेत्री र पटकथा गरी ५ विधाको अवार्ड चुमेको छ। यो चलचित्रबाट दिनेश राउत यो वर्षको सर्वोत्कृष्ट निर्देशक, विपीन कार्की सर्वोत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेत्री तथा शुशिल पौडेल सर्वोत्कृष्ट पटकथा लेखकको अवार्ड विजेता भए। समारोहमा सर्वाधिक १५ विधाको मनोनयनमा परेको चलचित्र नाई नभन्नु ल ५ ले पनि सह अभिनेत्री, बाल कलाकार, गीतकार, संगीतकार तथा छायाकन गरी ५ विधाको अवार्ड चुमेको छ। यो चलचित्रबाट प्रियंका कार्की सर्वोत्कृट सहअभिनेत्री, सेड्रिना शर्मा बालकलाकार, दिनेश थापा गीतकार, वसन्त सापकोटा संगीतकार र पुरुषोत्तम प्रधान छायांकारको अवार्ड चुम्न सफल भए। यो फिल्मबाट २ बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका थिए भने वसन्त सापकोटा बोबी र नाई नभन्नु ल ५ गरी २ फिल्मबाट संगीतकारको मनोनयनमा परेका थिए।

गीत, संगीत, नृत्य र ठट्यौलीजस्ता विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अघि बढको समारोहमा १२ विधाको मनोनयनमा परेको छक्का पञ्जा ३ ले हास्य कलाकार, नृत्य निर्देशक संवाद र ध्वनि मिश्रण गरी ३ विधाको अवार्ड चुमेको छ। हास्य विधाको अवार्ड केदार घिमिरेले चुमे। उनी चलचित्र रामकहानीबाट पनि मनोनयनमा थिए भने नृत्य निर्देशकको अवार्ड चुमेका कविराज गहतराज ४ चलचित्रबाट मनोनयनमा परेका थिए। यससँगै कविराज कामना फिल्म अवार्डमा लगातार ५औं अवार्ड चुम्न सफल भएका छन्। १२ विधाकै मनोनयनमा परेको चलचित्र डमरुको डण्डीबियोले सर्वोत्कृष्ट नव निर्देशकस“गै कथा, पाश्र्व संगीत र सम्पादन गरी ४ विधाको अवार्ड चुमेको छ। समारोहमा चलचित्र साईंलीबाट अभिनेता दयाहाङ राईले सहअभिनेताको अवार्ड चुमेका छन् भने यो चलचित्रले पाश्र्व गायकको अवार्डलाई पनि आफ्नो बनाएको छ।

यस वर्षको गोदरेज नम्वर वन कामना फिल्म अवार्डस् २०७६ मा चलचित्र बोबीबाट उमेश थापाले नव अभिनेता र ए मेरो हजुरबाट सुहाना थापाले नव अभिनेत्रीको अवार्ड चुमे भने प्रमोद अग्रहरी कथा काठमाडौंबाट वर्षको सर्वोत्कृष्ट खलपात्र ठहरिए। त्यसै गरी चलचित्र भिलेन सर्वोत्कृष्ट द्धन्द निर्देशक, चलचित्र बाँध मायाले पाश्र्व गायिका र चलचित्र चक्कर श्रृगार विधाको अवार्ड विजेता भएको छ। समारोहमा चलचित्र हरीलाई जुरी अवार्ड प्रदान गरीएको छ।
राजेश हमालको कार्यक्रम प्रस्तुतिबाट शुरु भएको कार्यक्रमलाई नरेश भट्राई र मन्दीरा ढुंगेलले अगाडि बढाएका थिए भने तारा थापा, प्रविशा अधिकारी, समीक्षा अधिकारी, आनन्द कार्की, देविका वन्दना, शम्भुजित बासकोटा, प्रल्हाद तिमिल्सिना, टीका भण्डारी, गौरी मल्ल, वसन्त सापकोटा, र मदनकृष्ण श्रेष्ठले मेड्ले गीत गाएर रोचक तुल्याएका थिए भने नायक भुवन केसीले छुट्टै गीत गाएर रोमाञ्चक तुल्याएका थिए। त्यसै गरी अभिनेत्री मिथीला शर्माले एकल नृत्य गरेर वाहवाही पाइन् भने विनु शाक्य, यसराज गरच, प्रमोद अग्रहरी, छुल्ठिम गुरुङ, पल शाह र पूजा शर्माले अर्को मेड्ले डान्स गरेर दर्शकलाई रोमाञ्चित तुल्याए। अर्को मेड्ले डान्समा गौरी मल्ल र नरेशविर सिंहका साथमा कोरियोग्राफर कविराज गहतराजले तालीमाथि ताली पाए। त्यसै गरी राजा राजेन्द्र पोखरेलले अभिनेता राजेश हमाल र आनन्द कार्कीको सहयोग लिएर दर्शक हसाए।

विजेताको सूची यसप्रकार छ :-

फिल्म​ : प्र​साद
निर्देश​क : दिनेश​ राउत​ (प्र​साद​)
अभिनेता : विपिन​ कार्की (प्र​साद​)
अभिनेत्री : न​म्र​ता श्रेष्ठ​ (प्र​साद​)
काम​ना प​ब्लिक च्वाईस​ अवार्ड​ : स्व​स्तिमा ख​ड्का
स​ह​-अभिनेता : द​याहाङ राई (साइँली)
स​ह​-अभिनेत्री : प्रियंका कार्की (नाईं न​भ​नू ल​ ५)
डेब्यू नाय​क : उमेश​ थापा (बोबी)

डेब्यू नायिका : सुहाना थापा (ए मेरो ह​जुर ३)
सिजी क्रिटिक्स​ अवार्ड​ थिएट​र : सिर्ज​ना सुब्बा
सिजी क्रिटिक्स​ अवार्ड​ फेश​न​ : ज्ञानी शोभा तुलाधार​
सिजी क्रिटिक्स​ अवार्ड​ संगीत​ : न्ह्यु ब​ज्राचार्य​
काम​ना जुरी अवार्ड​ : ह​री
कथाकार : ख​गेन्द्र​ लामिछाने (ड​म​रुको ड​ण्डीबियो)
डेब्यू निर्देश​क : छेतेन​ गुरुङ (ड​म​रुको ड​ण्डीबियो)
ख​ल​पात्र​ : प्र​मोढ​ अग्र​ह​री (कथा काठ​माण्डु)
स​म्पाद​क : निमेष​ श्रेष्ठ​ (ड​म​रुको ड​ण्डीबियो)
प​ट​कथा​ : शुशिल​ पौडेल​ (प्र​साद​)

संवाद : दीप​कराज​ गिरी (छ​क्का प​ञ्जा ३)
हाँस्य​ कलाकार​ : केदार​ घिमिरे (छ​क्का प​ञ्जा ३)
बाल​ कलाकार​ : सेड्रिना श​र्मा (नाईं न​भ​नू ल​ ५)
कोरियोग्राफ​र​ : कविराज​ ग​ह​त​राज​ (छ​क्का प​ञ्जा ३)
द्व​न्द्व​ निर्देश​क ​: शुक्र​राज​ शाह​ (भिलेन​)
पाश्र्व​ संगीत​ : एलिश​ कार्की (ड​म​रुको ड​ण्डीबियो)
संगीत​कार​ : ब​स​न्त​ साप​कोटा (नाई न​भ​नु ल​ ५)
गीत​कार​ : दिनेश​ थ​प​लिया – तिम्रो आँखामा (नाईं नभन्नू ल​ ५)
गाय​क : हेम​न्त​ राना म​ग​र​ (साइँली)
गायिका : अञ्जु प​न्त​ – सँग​सँगै (बाँध​ मायाले)

सिनेमाटोग्राफ​र​ : पुरुषोत्त​म​ प्र​धान​ (नाईं न​भ​न्नू ल​ ५)
ध्व​नी मिश्र​ण​ : सुन​य​मान​ श्रेष्ठ​ (छ​क्का प​ञ्जा ३)
श्र​ङ्गार​ : श्याम​ लामा (च​क्कर​)
लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड​ कला : नीर​ शाह​
लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड​ प्राविधिक : स​न्तु तामाङ​

प्रकाशित मिति: २० पुस २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्