जाँडमा पुराना चप्पल !


 


वागलुङ पुस २५

जाँड बनाउन के प्रयोग गरिन्छ ? स्वाभाविक उत्त। हुन्छ, अन्न । तर, वागलुङमा पुराना चप्पल प्रयोग गरेको भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट गरेको छ । बागलुङ नगरपालिका–३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका पदाधिकारीलगायतको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको जनाइएको छ ।

जाँडमा पुराना चप्पल, जुत्ता र खुर्सानीसमेत मिसावट गरिएको पाइएको प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताउनुभयो । उहाँले घरेलु मदिरा उत्पादक र प्रयोगकर्तालाई सचेत हुन आग्रह गर्नुभयो । स्थानीय ‘योङ ओमन लिडर महिला समूह’को सक्रियतामा प्रहरीले मदिरा बनाउन प्रयोग हुने जाँड बरामद गरेको हो ।

प्रकाशित मिति: २५ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्