छाउपडी प्रथा वैज्ञानिक हो


 


-सुरजबहादुर शाह

छाउपडी प्रथाबारे निकै चर्चा गरेपनि कसैले यसको वास्तविकतातर्फ गम्भीर भएर खोजविन गरेको पाइँदैन । कुप्रथा हो भन्ने लेखेर सदूरपश्चिम र कर्णाली प्रदेशलाई होच्याउने चेष्टा गरेको मात्र पाइन्छ । हो यसमा केही विकृति आएका छन् । तर मूल मर्मलाई बुझ्ने चेष्टासम्म नगरेर आलोचना मात्र गर्नु समाज सुधारक हौं भन्न सुहाउँदैन होला । त्यसैले हाम्रो समाजको संरचना र त्यसले राखेको अपेक्षा सम्वन्धमा संक्षेपमा यहाँ उल्लेख गर्न चाहन्छु ।

हाम्रो समाजको बनौट र निरन्तरता हाम्रा ऋषिमुनिहरूले अध्ययन र अभ्यास गरेर निकालेको निष्कर्सको आधारमा व्यक्ति, परिवार र समाजको दिनन्दिनको व्रिmया पकृया निर्धारण गरेको पाउँदछौं ।

जस्तो मान्यजनलाई नाता अनुसार सर्वप्रथम निहुरेर ढोगदिने, विहानै स्नान गरेर शुद्ध कपडा पहिरेर इश वन्दना, गाइको गोवरले लिपपोत गरेको भान्छामा शुद्ध धोति पहिरेर भोजन पकाउने, खानेहरूले पनि त्यसरी नै शुद्ध भएर भान्छामा पिडकामा बसेर खाना राखेको थालको वरिपरि मन्त्र साथ शुद्ध जलले घेरा पर्ने गरि छिर्कने अनि भुतवल हालेर मात्र खाना खाने प्रचलन छ ।

यसको एकमात्र उद्देश्य ढोग दिंदा सम्मान त छँदैछ तर त्यस प्रकृयाबाट ढाडको नशामा आउने सव्रिmयता, स्नानले रोगको किटाणुलाई भगाउँछ अनि शरीरमा स्फूर्ती ल्याउँछ, इश वन्दनाले सत्कर्मतर्फ एकाग्रता ल्याउँछ र मनलाई शान्त पार्छ । गाईको गोवरले पोतेको भान्छामा रोगका किटाणु नास भएको हुन्छन् ।

थालिवरिपरि छर्कने जलले खानाको बास्नाले थालितर्फ आउने किटाणुलाई भगाउँछ भने भूतवलले घेरा भित्र बचेका जिवाणुलाई आफूतिर आकर्षित गर्छ । यसप्रकार सुरक्षित एवं शुद्ध भोजनलाई ग्रहण गर्ने हाम्रो परम्परा अवैज्ञानिक हो र ?

जससँग पनि हात मिलाउने, अंकमाल गर्ने, म्वाई खाने, जहाँनेर पनि जस्तो सुकै खाना खाने प्रचलनलाई अवश्य वैज्ञानिक भन्न सकिंदैन होला । पश्चिमा प्रचलनको सहजताबाट प्रभावित भएर हाम्रो परम्परा सभ्यताको गुह्य रहस्यलाई बुझ्दै नबुझि त्यसको विरोध गर्नु कदापि नैतिकता भन्न सकिन्न । इच्छुकहरूले त्यो अपनाउन सक्छन् त्यसमा कसैको विरोध छैन । तर आफैंले गरेको मात्र ठिक अरु वेठिक भनि आलोचना गर्ने नैतिक अधिकार कसैलाई छैन । वर्तमानमा अनेक नयाँ–नयाँ तथा गम्भिर रोगहरू आउनाको कारण पनि यस्तै व्यवहारले त होइन भन्ने प्रश्न पनि किन नगर्ने ?

अब यहाँ छाउपडी प्रथा किन र कसरी आयो भन्नेतर्फ संक्षेपमा चर्चा गरौं । नारी जाती स्वभावैले कमलो शरीर र मन भएका हुन्छन् । साथै यसै जातले वंशवृक्षको निरन्तरता दिनुपर्ने भएकोले गर्भधारण गर्ने स्थानको संरचना पनि नारीकै गर्भमा बनेको हुन्छ । त्यसैले उक्त स्थानको शुद्धिका लागि सामान्यतया १०÷११ वर्षको उमेरमा गर्भासयका विकारहरू रगतको रुपमा प्रत्येक महिनामा बाहिर निस्कन्छ र कम्तिमा तीनदिन सम्म रक्तश्राव हुन्छ ।

यसरी बग्ने रगत जहाँ खस्छ त्यहाँ तत्कालै विभिन्न जिवाणुहरू आकर्षित हुने बढी सम्भावना रहन्छ । यस अवधिमा नारी निकै कमजोर हुने भएकोले तिनिहरूलाई कसैले नछोउन भनेर विश्रामकै लागि अलग्गै राख्ने थितिको विकास भएको लाग्छ ।

यतिमात्र होइन हरियो बोट विरुवामा पनि रोगका जिवाणुहरू सहजरुपमा सर्न नसकुन भन्ने कारणले मात्र विरुवाहरूलाई छुन निषेध गरिएको हो । छाउपडीको अवस्थामा बढी रक्तश्राव भई कमजोर भई मूर्छा पर्ने, चक्कर आउने सम्भावना हुने हुँदा घरको कुनै कोठामा अलग्गै राखी पौष्टिक, सात्विक भोजन दिनुपर्छ भनि आर्षपुराणमा रजोवती सम्वन्धमा भनिएको पनि छ —

न निन्दनीयस्ता गेहकोणे स्थाप्या वहिर्नहि ।
दधिघृत फलैस्तभ्यो देयं सात्विक भोजनम् ।।५।।

आफै सुत्ने कोठाको एक कुनामा नराखि अलग्गै कोठामा राख्ने मूल कारणनै नवयुवा युवती आवेशमा आएर त्यस्तो कुनै व्रिmयाकलाप नहोस् जसबाट युवतीको बढी रक्तश्राव होस्, युवाले त्यस्तो रगत आफूसँग लगेर विस्तरा, अन्य कोठा, चोटामा नपु¥यावस जसबाट रोगका जिवाणुहरूलाई फैलिन मदत्त पुगोस् ।

अर्थात् आफैंले त्यस्ता अवस्था आउनबाट बच्न सकिन्छ भने किन नअपनाउने साथै अर्को मनोवैज्ञानिक पक्ष पनि छ— दम्पतिले महिनाको ३÷४ दिन अलग्गै बस्दा प्रतिक्षाको जुन आनन्द आउँछ त्यो आफैमा विशिष्ट छ ।

ऋषि मुनिहरूको कालमा सबैको वास पर्ण कुटीमा नै हुन्थ्यो । त्यसैकुटी भित्रै एउटा कोठामा गाई राख्ने कोठा पनि हुन्थ्यो । गाईको गौंत र गोवरको हावाबाट पनि रोगका किटाणु मर्ने भएकोले सकभर गाईंको कोठासँगैको कोठामा राख्नको लागि छउपडीलाई प्राथमिकता दिइन्थ्यो । जब मानिसहरूले २ तले घर बनाउन थाले भुइँतलामा गोवरले पोतेको कोठामा राख्न थालियो ।

पहाडमा चिसो हुने भएकोले गरिवीको कारण प्रसस्त ओड्ने ओछ्याउने नपाउनेहरूले कम दाउरा बाल्दा पनि कोठा छिटो तातो हुने गरि झ्याल, ढोका पनि साना–साना राख्न थाले । हो, मन नपरेकी बुहारीलाई सासुले कष्ट पुग्नेगरि ब्यवहार भने हुन थाल्यो, जुन विकृतिको रुपमा रह्यो ।

यस्तै कमि कमजोरीलाई सुधार्ने प्रयासको सट्टा डलर खेति गर्नेहरूले हाम्रो संस्कारलाई नास गर्ने गरि छाउपडी प्रथाको विरोध गर्दै समाजमा घुस्ने प्रयासको थालनी गरे । आफ्नो सभ्यता, सँस्कृति ख्यालै नगरि तत्कालको लाभको लागि हो मा हो मिलाउने जमात पनि देखा पर्यो ।

यस्तै विवादकै क्रममा हालसालै प्रकाशित “जयनेपाल स्मारिका–२०७६” मा “अछामको छाउपडीप्रथा” शिर्षकको लेखमा द्रुपता शाही लेख्छिन्— कोठा, पानी व्यवस्था नभएको ठाउँमा केही कमी कमजोरी छन् तर आज राष्ट्रमा नै अछामको छाउपडी प्रथाको गलत चर्चा गरेर … … डलर कमाउन तिर लाग्नुभन्दा … … महिलामा चेतनाको अभिवृद्धि गर्नेतर्फ सहयोग गरेको भए राम्रो हुने थियो ।”

यही नै यस लेखको प्रेरणाको स्रोत बनेको छ । दुपता शाहीलाई बधाई छ । डलर खेती गर्नेले श्रीमती लेख्नु हुन्न भन्ने अभियान चलाउने, पूर्विय समाजको सभ्यता धरासायी गर्नेहरूबाट बच्नुपर्दछ । साथै कानुन बनाएर नारीलाई २४ सैं घण्टा पेल्न खोज्ने पुरुषको षडयन्त्रबाट बच्न पुर्खा देखि पाइरहेको महिनाको चार दिनको विश्रामको हकलाई सुरक्षित राख्न महिलाहरू एकमत हुनुपर्छ ।

छाउपडी गोठमा एक्लै सुत्ने बाध्यता पनि छैन । त्यहाँ महिला साथी पनि सुत्ने प्रचलन छ । तर सुत्नेले विहान स्नान गरि अलिकति गौंत खाएर मात्र घरमा प्रवेश गर्नुपर्छ । यो पनि अवैज्ञानिक छैन । छाउपडी गोठमा मात्र होइन घरको तलामा पनि सर्पले डसेर मरेका पनि छन् । त्यस्तै गोठमा मात्र होइन तलाको सुविधा सम्पन्न कोठामा सुत्नेहरू पनि विभिन्न कारणले हर्ट एटकबाट मृत्युवरण गरेका थुप्रै उदाहरण छन् ।

त्यसैले वैदिक ज्ञान र वर्तमान स्वास्थ्य विज्ञानले रोगहरू सर्ने प्रमुख माध्यम परस्परको ‘स्पर्श’ हो भन्ने पनि प्रमाणित गरिसकेको अवस्थामा अज्ञानताका कारणले आएका स–साना विकृतिको सम्वन्धमा कोलाहल गर्नु, कानुन बनाउनु प्रहरी शक्ति लगाएर गरिबका घर भत्काउनु भन्दा शैक्षिक संस्था र समाजमा देहाय अनुसारको सचेतन अभियान चलाउँदा सबैमा चेतना आई व्रmमशः सुधार हुँदै जानेछ । आजको युगमा बल प्रयोगबाट सुधार गर्न खोज्नुलाई प्रजातान्त्रिक ब्यवहार हो भन्नु कदापी मिल्दैन र नैतिकता पनि होइन । पिशाबको न्यानोमात्र हो ।

१) छाउपडी किन र कसरी भन्ने ज्ञान दिई व्यवस्थित गर्ने ।
२) आफ्नै घरमा सुत्ने कोठाकै कुनामा वा अर्को कोठामा यो सम्भव नहुनेहरूले उपयुक्त छाउपडीको साझा घर वा कोठा निर्माण गर्ने ।
३) आफ्नै पुराना कपडाबाट प्याड बनाउन सिकाउने ।
४) छाउपडीलाई पौष्टिक खानाको आवश्यकता बारे ज्ञान दिने ।
५) छाउपडीले कम्तिमा चारदिनसम्म गह्रुङ्गो भारी बोक्न, रुख चढ्न, फोहर ठाउँमा बस्न हुँदैन भन्ने ज्ञान दिने ।
६) माटे घरको छाउपडीको कोठामा गाईको गोवरको उपयोगिता बारे ज्ञान दिने ।
७) रक्तश्राव हुँदा नुहाएर सफा सुग्घर हुनुपर्छ भन्ने चेतना अभिवृद्धि गराउने ।

यसप्रकार प्रशिक्षित गर्न सकिएमा छाउपडी प्रथा कहर नभई वैज्ञानिक पद्धति हो भन्नेमा सबै आश्वस्त हुने थिए । जसबाट व्रmमशः सभ्य र स्वस्थ समाज निर्माण गर्नमा ठूलो सघाउ हुनेछ । अस्तु !

प्रकाशित मिति: १ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्