प्रहरीलाई तथानाम गाली गरेपछि गायिका आस्था राउत विवादमा


 


काठमाडौं, माघ २
प्रहरीलाई तथानाम गाली गरेपछि गायिका आस्था राउत विवादमा तानिएकी छन् । आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेकी छन्।

गायिका राउतले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै ‘दबङ’ शैलीमा हान्न मन भिडियोमा बोलेकी छन् । उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ । उनको भिडियो हाल उनको फेसबुक प्रोफाइलमा नदेखिए पनि सामाजिक स‌ंञ्जजालमा भाइरल भएको छ । उनले प्रयोग गरेका शब्द र बिचार एकदमै तल्लो स्तरको रहेको छ।

प्रकाशित मिति: २ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्