नेहा कक्कड र आदित्यनारायण झाको विवाहको वास्तविकता



एजेन्सी , माघ ४
नेपाली गायक उदितनारायण झाका छोरा आदित्यनारायण झाको विवाह रियालिटी शो ‘इन्डियन आइडल –११’ को सेटमा गायिका नेहा कक्कडसँग विवाह तय भएको छ । पछिल्लो आइडलको एउटा एपिसोडमा नेहा र आदित्यका आमाबुबा आएर उनीहरुको विवाह तय भएको घोषणा गरेका थिए । आमालाई देखेर नेहा आश्चर्यमा परिन् भने आदित्य सेटमा खुशीले नाचेँ ।

आमालाई देखेर नेहाले सोधिन्, ‘यहाँ के भइरहेछ ? ’ उत्तर दिँदै आमाले भनिन्, ‘हामीले तिम्रो विवाह आदित्यसँग तय गरेका छौं। मलाई यो केटा राम्रो लाग्छ।’ सोमा आदित्यकी आमा पनि उपस्थित थिइन्। उनले नेहासँग भनिन्, ‘हामी तिमीलाई धेरै माया गर्छौं र तिम्रो फ्यान पनि हौं।’

सोमा दुवैको विवाह तय गर्न पुगेका उदितनारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाह गराउन आएका हौं।’ त्यसपछि आदित्य स्टेजमा नाच्न थाले। नेहासँगै रहेका दुवै जज हिमेश रेशमिया र विशाल ददलानीले खुसी व्यक्त गरे। हिमेशले भने, ‘१४ फेब्रुअरीमा विवाह गर्ने भए १ फेब्रुअरीमा मेहन्दीको आयोजन होस्।’

यो एक झलक साच्चै विवाह गर्ने घोषणा हो वा नाटक मात्रै हो त्यो भने खुलाइएको छैन । यद्यपि, यसअघि पनि नेहा र आदित्यको सम्बन्धलाई लिएर चर्चा भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News